नीलकण्ठको खानिगाउँमा बहुप्राविधिक शिक्षालय सन्चालनमा आउने

धादिङ,१९ साउन
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ स्थित खानिगाउँमा बहुप्राविधिक शिक्षालय संचालन हुने भएको छ । बहुप्राविधिक शिक्षालय संचालन गर्नको लागि बुधबार शिक्षा मन्त्रालयले स्वीकृती दिएसँगै अब बहुप्राविधिक शिक्षालय सन्चालनको लागि बाटो खुलेको हो ।

प्राविधिक शिक्षा तर्फमा नयाँ आयम थपिएको नगर प्रमुख भीम प्रसाद ढूंगानाले बताउनुभयो। प्राविधिक शिक्षा लिनको लागि अव यस क्षेत्रका विद्यार्थीहरु अन्यत्र जानुपर्ने दिनको अन्त्य हुने भन्दै मेयर ढुंगानाले विद्यार्थीहरुको माग अनुसार विषयहरु थपिदै जाने बताउनुभयो ।अबको पाँच बर्षमा नगरबासीहरुले प्रतक्ष्य महशुस हुने गरी काम हुने भन्दै ढुंगानाले आगामी दिनमा यस्ता प्रकारका विभिन्न कार्यक्रमहरु ल्याईने बताउनुभयो ।

आफुहरुले निर्वाचन अघि गरीएको प्रतिबद्धता अनुसारनै काम भईरहेको उप प्रमुख दीपक विश्वकर्माले जानकारी दिनुभयो। बहुप्राविधिक शिक्षालय सन्चालनको लागि नेपाल सरकार शिक्षा मन्त्रालय मातहत रहेको सिटीईभिटी परिषदबाट स्वीकृती प्राप्त भएको विश्वकर्माले बताउनुभयो । आफ्नो त्यस विषयमा बढीनै चासो भएको कारणले धादिङबेसीमा एउटा बहुप्राविधिक शिक्षालय सन्चालन गरौँ भन्ने उदेश्यले लागेका र आफुहरु सफल भएको  जानकारी दिनुभयो ।

नीलकण्ठ नगरपालिकाले प्राविधिक शिक्षालय संचालन गर्नको लागि वडा नं ४ मा रहेको खानीगाउँ आधारभुत विद्यालय क्षेत्रमा प्रस्ताव गरेको थियो । साविकको खानीगाउँ आधारभूत विद्यालयलाइ नीलकण्ठ माविमा मर्ज गरेर उक्त विद्यालयलाइ आधार बनाइ नीलकण्ठ बहुप्राविधिक शिक्षालय संचालन गर्न राखिएको प्रस्तावमा मन्त्रालयले स्वीकृति दिएको हो ।

पहिलो चरणमा डिप्लोमा इन इन्जिनियरिङ तर्फ हाइड्रो इन्जिनियरिङ र अटोमेकानिकल्सका कक्षाहरु संचालन हुने छ भने निकट भविष्यमै फार्मेसीको कक्षा पनि संचालनमा ल्याईने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्