काँग्रेसको निर्णयपछि देशको राजनीति फेरियो, अब सरकार बन्छ : प्रचण्ड


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राजनीतिले कोल्टे फेरेको बताएका छन् ।

शनिबार कपिलबस्तुमा जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमा उनले भने, ‘हिजोदेखि देशको राजनीति फेरियो कोल्टे फेर्यो, काँग्रेसको निर्णयपछि । अब छिट्टै अब नयाँ सरकार बन्छ ।’

शुक्रबार काँग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै वैकल्पिक सरकार बनाउन अग्रसरता दिने निर्णय लिएको थियो ।
 प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)ले  मधेस विरोधी तत्वसँग साँठगाँठ नगर्न पनि आग्रह गरे ।
उनले प्रधानमन्त्री केपी ओलीलाई सामन्तवादको एजेण्टको रुपमा टिप्पणी गर्दै उनीबाट विकास र समृद्धि सम्भव नभएकाे पनि बताए । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्