पछिल्लो २४ घण्टामा ५५३ जना कोरोना संक्रमित थपिए

धादिङ,२२ साउन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४५१ तथा एन्टिजेन विधिबाट १०२ जनामा गरी ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो छ । 

कोरोनाबाट आज ४३३ जना निको भएका छन् । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या पाँच हजार ६५९ पुगेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्