धादिङमा आज १६ परिक्षण गर्दा ८ जनाको कोरोना पोजिटिभ

धादिङ,२२ साउन ।
धादिङका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आईतबार जिल्लामा गरीएको १६ एन्टिजेन परिक्षणमध्ये त्रिपुरासुन्दरी गाउँपालिकामा ५ जना, बेनिघाट रोराङ गाउँपालिका १ जना, गंगाजमुना गाउँपालिकामा १ जना र अस्पतालमा १ जना जिल्लामा ८ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ।

यस्तै संक्रमित मध्ये थप २ जना डिस्चार्ज छन्। जिल्लामा सक्रिय केशको संख्या ३२ पुगेको छ । संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्