दर्ता भएका दलका पदाधिकारीदेखि सदस्यसम्मलाई सम्पति विवरण पेश गर्न आयोगको निर्देशन

काठमाडौँ,२२ साउन ।
निर्वाचन आयोगले दर्ता भएका राजनीतिक दलका केन्द्रीय पदाधिकारी तथा सदस्यलाई १५ दिन भित्र सम्पति विवरण बुझाउन निर्देशन दिएको छ ।

साउन १५ गते बसेको बैठकले आयोगमा दर्ता भइसकेका राजनीतिक दललाई पदाधिकारी र केन्द्रीय सदस्यले.आफ्नो सम्पत्तिको विवरण दलको केन्द्रीय कार्यालयसमक्ष पेश गरे नगरेको जानकारी आयोगले तोकेको ढाँचामा तयार गरि १५ दिनभित्र पेश गर्न निर्देशन दिएको हो ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्देशन दिने भनी भएको निर्णयानुसार पत्राचार गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्