थाक्रे–८ मा एक जना मृत भेटिए

धादिङ,२३ साउन ।
धादिङको थाक्रे गाउँपालिकामा वडा नं ८ मा एक जना मृत अवस्थामा भेटिएका छन्।

न्यु धार्के खाजा घरको संचालक समेत रहेका धुनिबशी नगरपालिका वडा नम्बर ५ का सजन रुपाखेती मृत भेटिएका हुन्। रुपाखेती आईतबार राती एक्लै सुतेका थिए । उनको शव बिहान मात्र होटल रहेको घरको कम्पाउण्ड वाल माथी भेटिएको थियो ।

मृतक रुपाखेतीको आत्महत्या वा हत्या के हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तस्विर नागरीक पाटी

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्