पछिल्लो २४ घण्टामा ८६८ संक्रमित थपिए , ३ जनाको मृत्यु

धादिङ,२५ साउन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४९६ तथा एन्टिजेन विधिबाट ३७२ जनामा गरी ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो छ । 

पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ८ हजार ८८५ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्