नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागी धादिङबाट ८ विधाको खेलाडी छनोट गर्ने कार्य सूरु

धादिङ,२७ साउन ।
राष्ट्रिय खेलकुद परिषद्द्वारा गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि धादिङ जिल्लामा खेलाडी छनौट कार्य सुरु भएको छ । धादिङ जिल्लाबाट ८ वटा विद्याका खेलाडी छनौट गर्नको लागि धादिङ जिल्ला खेलकुद विकास समितिले सुचना प्रकाशित गरी खेलाडीहरुलाई दर्ता गर्नको लागि आह्वान गरेको छ।महिला तथा पुरुष खेलाडीहरुले बास्केटबल,जुडो,उसु,बृद्धिचाल,आई टि एफ तेक्वान्दो,कबड्डी,फुलकन्ट्याक्ट कराँते र टेबुलटनिस खेलहरुमा भाग लिन पाउने धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिंह तामाङले जानकारी दिनुभयो ।
धादिङ जिल्ला खेलकुद विकास समितिको सुचना

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्