सुदीप घिमिरे
कोरोना भाईरसको दोश्रो महामारी बिश्वभर बढी रहेको छ । यसको असर नेपालमा पनि देखिएको छ । सामान्यतय ज्वरो, रुघा, खोकी, स्वाद र वास्ना हराउने, श्वास फेर्ने गाह्रो हुने जस्ता लक्षणहरु देखिए कोरोना संक्रमण मानिन्छ । कोरोना महामारीको पहिलो लहरमा यस्ता लक्षणहरु देखिए व्यक्तिहरुले सजिलै कोरोना संक्रमण भयो भनि पहिचान गर्थे । परिक्षणका लागि जाने गर्ने । नागरिकमा सचेतना बढेको थियो । दोश्रो लहर आयो । घातक छ भन्ने सवैलाई थाह छ । पहिलेको भन्दा दोश्रो लहरमा कस्ता लक्षणहरु देखिएका छन् ? उस्तै वा फरक । पहिचान कसरी गर्ने भन्नेमा अन्योल देखिएको छ । दोश्रो लहरले बृद्धबृद्धा मात्र नभई युवा वर्गलाई बढी संक्रमित वनाएको छ ।
संक्रमितहरुसंग गरिएको प्रारम्भीक कुराकानी र राष्ट्रिय, अन्तरिाष्ट्रिय अनुसन्धानका तथ्यहरुलाई आधारमान्दा पहिलेको भन्दा यस पटकको महामारीमा भिन्न लक्षणहरु देखिएका छन् । कोरोना परिक्षण गर्न भन्दा पहिले प्राय व्यक्तिहरुले थकान महसुस हुने गरेका छन् । थकान सामान्य भन्दा फरक छ । जसलाई शव्दमा व्याख्या गर्न कठिन छ । बेलायत र भारतवाट प्रकाशित हुने दैनिक पत्रिकाहरुले पनि कम्जोरी महसुस हुनु सुरुको लक्षण हो भनेका छन् । घाँटी दुखेको महसुस हुनु, घाँटी चिलाउनु, खाना खाने समयमा खानाहरु निल्न कठिन हुने जस्ता लक्षणहरु धेरै भन्दा धेरै व्यक्तिले अनुभव गरिरहेका छन् ।
बेलायतमा गरिएको एक अध्ययानले दोश्रो लहर ५२ प्रतिशत व्यक्तिहरुमा घाँटीमा अप्ठ्यारो भएको महसुस गरेको वताएका छन् । यसको मुख्य कारण खाना खाने क्रममा आवश्यक ¥याउन नआएका कारण खाना निल्न असजिलो हुनु हो । कोरोनाको संक्रमणले गर्दा चाहिने मात्रमा र्यालहरु आउन वाधाक वनाईदिन्छन् । मुख सुख्खा भई खाना निल्नमा कठिनाई हुन्छ । चपाउन र निल्न कठिन भए पछि शरीरलाई चाहिने शक्ति प्राप्त हुदैन शरीर थप कम्जोर वन्दै जाने छ । त्यसै गरी शरीरका विभिन्न भागहरु लगातार दुख्ने, जोर्नीहरु दुख्ने, मांसपेसिहरु दुख्ने जस्ता शारीरिक लक्षणहरु भेटिएका छन् । शरीर दुख्नुको मुख्य कारण शरीरका तन्तुहरुमा भाइरसको आक्रर्मण हुनु हो । त्यसैगरी खोकीसंग व्यक्तिहरुमा ज्वरो, रुघा, खोकीका लक्षणहरु भेटिएका छन् । सामान्य भन्दा फरक तरिकाले रुघा, खोकी लागिरहेको छ भने कोरोनाको संक्रमण हुन सक्छ । केही वालकालिकाहरुमा भने वाकवाकी लाग्ने, वान्ता हुन खोज्ने जस्ता लक्षणहरु भेटिएका छन् । सुखा खोकीसंगै केही संक्रमितहरुमा रगतका धव्वाहरु देखिने गरेका छन् । यस्ता लक्षणहरु व्यक्ति पिच्छे फरक फरकनै देखिएका छन् । किङस कलेज बेलायतका प्राध्यापक टिम स्पेक्टरका अनुसार ५ जना मध्ये एक जनामा भने देखिएका यस्ता लक्षणहरु भन्दानै देखिने गरेको पाइएको छ । तपाई वा आफन्तलाई यस्ता लक्षणहरु देखिएको अवस्थामा धेरै चिन्तित हुनु पर्छ भन्ने छैन् परिक्षण गर्ने र घरनै सुरक्षित रहनु पर्छ ।
मनोबैज्ञानिक पक्षलाई अध्ययान गर्दा पहिलो लहरमा व्यक्तिहरुमा डर, चिन्ता बढी थियो । अन्योलता थियो । रोगको औषधी थिएन् । आफुलाई सुरक्षित रहने उपाय व्यक्तिहरुले सिकेका थिएँ । बृद्धबृद्धा र शारीरक समस्या भएका व्यक्तिहरुलाई जोखिमको डर बढी थियो । अहिले बृद्धाबृद्धाहरुलाई संक्रमणको जोखिम कायमै छ भने युवाहरुमा संक्रमणले बढीनै प्रभावित भएको छ । निधन हुने संख्या पछि युवा वर्गनै रहेका छन् । त्यसैले संक्रमित हुनेहरुमा मनोबैज्ञानिक समस्याहरु बढ्न थालेका छन् । मन चिसो हुने, छटपटि हुने, डर लाग्ने, निन्द्रामा गडबढी हुने जस्ता समस्याहरु व्यक्तिमा बढ्न थालेको छ । भारतको प्रारम्भीक तथ्यहरुलाई आधार मान्दा दोश्रो लहरमा बढी आइसियु केयर, अक्सिजन सिलिन्डर र भेन्टिलेटरको जरुरी रहेको जनाइएको छ । भारतको मेडिकल काउन्सीलले हालै गरेको एक अध्ययानका अनुसार अहिले १९ बर्ष भन्दा तल, २० देखि २४ बर्ष बीचका, ३० बर्ष माथीको उमेर समुहमा रहेका व्यक्तिहरुको संक्रमण दर गत बर्ष भन्दा हत्त्तै बढेको छ ।
गत बर्ष यो उमेर समुहको संक्रमण दर तुलनात्मकरुपमा धेरै कम थियो । भारतमा संक्रमित व्यक्तिहरु मध्ये ५४ प्रतिशत व्यक्तिहरुलाई अक्सिजनको व्यवस्था गर्नु परेको जनाइएको छ । गत बर्षको भारतमा संक्रमितहरुलाई अस्पताल भर्ना गर्नुपर्ने संख्या ४० प्रतिशत मात्र थियो । दोश्रो लहरमा बढी जसो श्वासप्रश्वासमा समस्या देखिएको छ । त्यसैले गर्दा भारतमा अक्सिजन सिलिण्डरको माग बढेको पाइन्छ । भारत सरकारलाई कोरोनाको व्यवस्थापनमा हम्मे हम्मे भएको छ । भारतसंगै नेपालमा संक्रमणको दर ह्रत्वै बढेको छ । काठमाण्डौ एवं तराईका केही जिल्लाहरुमा अस्पतालहरु भरिन थालेका छन् । संक्रमित धेरै युवाहरुलाई समेत अक्सिजनको सहायता चाहिने भएको डाक्टरहरुले वताएका छन् । हालको संक्रमण व्यवस्थापन गर्न सरकारले निम्न लिखित पक्षहरुमा ध्यान दिन पर्ने देखिन्छ ।
१) संक्रमणको दोश्रो लहरको व्यवस्थापन गर्न सरकारले पहिलो प्राथमिकता खोपलाई दिनु पर्छ । बेलायतमा हालै ३ लाख ५० हजार संक्रमित व्यक्तिहरुमा गरिएको एक अध्ययानले ६५ प्रतिशत व्यक्तिलाई कोरोना भाईरसको पहिलो खोपले संक्रमण घटाएको जनाईएको छ । उनीहरुका अनुसार खोप लगाएको २१ दिनमै शरीरले प्रतिरोधात्मक शक्ति बढाएको उल्लेख छ । खोपको दोश्रो डोजले धेरै संक्रमण घटनाएको पत्ता लगाएका छन् । प्रतिरोधात्मक क्षमता कति बढायो र कहिले सम्म शरीरले कोरोना भाईरससंग जुध्न सक्छ भन्ने बिषय अध्ययनकै क्रममा रहेको छ । त्यसैले पहिलो सरकारको काम हरेक नागरिक र व्यक्तिहरुलाई कोरोनाको खोप दिनु हो ।
२) नेपालको उत्तर सिमाना चीनसंग जोडिएको छ । खुला सिमाना नभएका कारण गत बर्ष चीनले कोरोनाको जति पीडा खेपे पनि त्यसको प्रभाव नेपालमा पर्न दिएन् । तर भारतसंग नेपालको १८ सय किलोमिटर भन्ला बढी सिमाहरु खुला छ । भारत बिश्वकै पहिलो कोरोना संक्रमणको केन्द्र बिन्दु भईरहेको छ । महाराष्ट्र, कर्नाटक, न्यू दिल्लीमा लक डाउन भइरहेको छ । लक डाउनका कारण नेपालीहरु घर फक्र्रेने क्रम बढेको छ । सिमना खुला छ । सजिलै नेपालीहरु सिमा वार र पार गर्न सक्छन् । सवैलाई परिक्षण गर्न सम्भव छैन् । भएका परिक्षण केन्द्रहरु प्रभावकारी छैनन् । सिमा वन्द गर्दा भारत सरकार रिसाउँला भन्ने डर नेपाली नेताहरुलाई छ । उही संक्रमणको पीडा नेपालमा सर्यो भने राम राम भन्नु वाहेक अरु विकल्प केही हुदैन् । त्यसैले सरकारले जनताका स्वास्थ्यमा वढी चासो दिने हो भने पहिलो सिमा क्षेत्रहरु कडाई गर्नु पर्छ । राजधानी लगायतका जिल्लाहरुमा कडा गरेर के हुन्छ ? संक्रमणको मुहान खुला छ । चीनको वन्द सिमावाट नेपाली नेताहरुले पाठसिक्नु जरुरी छ ।
३) गत बर्ष देखि कोरोनाको अनुभूति सवै नेपालीहरुलाई भइरहेको छ । महामारी पछि कुन क्षेत्रमा कस्ता संरचनाहरु छन् । कुन अस्पतालको कति क्षमता छ । संक्रमणको संका लागे पछि नगरपालिका, गाउँपालिका स्तरमा कसलाई सम्पर्क राख्ने ? कसले कसरी सहयोग गर्छ भन्ने प्रष्ट नीति नियम वनाईनु पर्छ । गत बर्षको महामारीवाट के कस्तो क्षति भयो ? के कस्ता सिकाईहरु भए ? आगामी बर्ष फेरी यस्तै महामारी आएको खण्डमा दीर्घकालिन नीति, कार्यनीति कसरी परिमार्जन सकिन्छ भनेर सरकारले बिश्लेषण गर्नु पर्ने थियो । त्यो हुन सकेन् । अझै पनि सर्वपक्षिय भेला गरी सरकार, नीजि क्षेत्रको योगदानलाई बिसर्नु हुदैन् । सरकार एक्लैले संकटको व्यवस्थापन गर्न सक्दैन् । त्यसैले सवै पक्षको धारणा दिएर आपतकालिन योजना वनाई लागु गरिनु पर्छ ।
४) परिक्षण, पहिचान भएका व्यक्तिहरुको एकान्तवासको व्यवस्था, खोप र आपतकालिन अपचारको प्रवन्ध गर्नु सरकारको दायित्त हो । कोरोना संक्रमणको सुरुको चरणमा पनि सरकार आफ्नै सरकार टिकाउने, सत्ता पक्षकै नेताहरु विचार, भावनाहरु नमिल्दा विवादमा फसेको थियो । फेरी कोरोनाको दोश्रो लहर आउँन लाग्दा सरकार आफ्नो वचाउँ गर्न लागि परेको छ । प्रदेश सरकारका प्राथमिकताहरु प्नि आफ्नो सत्ता टिकाउनेमा केन्द्रीत छन् । जनताको स्वास्थ्यका लागि प्राथमिकताको बिषय बनेका छैनन् । नयाँ लहरले पेल्न थाले पछि त्यसवाट पार पाउन नेपाली जनताले ठुलै क्षतिको सामना गनुृ पर्छ । नयाँ संक्रमण पुरानाको दजोमा कडा भएकाले सरकारले बढी चनाखो हुनु पर्ने वेला आएको छ । रोग लागे पछि उपचार खोज्नु भन्दा रोग नलाग्ने वातावरण निमार्ण गर्नु बुद्धिमानी हुनेछ । त्यसैले परिक्षण, टे«सिङ्गका लागि सरकारले समुदायका अन्य स्वयसेवकहरुलाई परिचालन गर्न सक्छ । स्वास्थ्यकर्मीलाई मात्र जिम्मा दिएको खण्डमा स्वास्थ्यकर्मीनै संक्रमित भएमा उपचारको प्रवन्ध गर्न झनै कठिन हुनेछ ।
५) संक्रमणको दर बढ्दै गएमा सामाजिक, आर्थिक क्रियाकलापहरु वन्द हुनेछन् । त्यसको प्रत्यक्ष मार दैनिक जीविका यापन गरेर आश्रित रहने श्रमिक र उनको परिवारलाई पर्दछ । भारतमा संक्रमण बढ्दै जानु त्यसको प्रभाव नेपालमा पदै जाने छ । खाध्यान् र औषधीमा समस्या पर्ने छ । नेपालमा आपतकालिन अवस्थामा नागरिकको वच्न, खान, र सुरक्षाको अधिकारलाई संरक्षण गर्ने सरकार चुकिरहेको छ । त्यसैले सरकारले नागरिकको हितको लागि औषधी मुलो र खाध्यायनलाई पहिलो प्राथमिकता वनाइनु पर्छ । धरहरा, पार्टी पौवा फुर्सदमा वनाइने योजना हुन् । असहज अवस्थामा जनताको जीउ धन पहिलो प्राथमिकता वन्नु पर्छ । विपत्तिजन्य अवस्थाले नागरिकमा पारेको प्रभावलाई कम गर्न आर्थिक र सामाजिक नीति, कार्यानीतिहरु अगाडी वढाउन जरुरी छ ।
६) नागरिका गतिविधिहरु रोकिए पछि तनाव, चिन्ता बढ्छ । गत बर्ष लकडाउन सुरु भएको एक महिना नवित्दै आत्महत्या गर्नेको संख्या २० प्रतिशतले बढेको थियो । त्यही क्रम फेरी क्रम नदोहोरेला भन्न सकिन्न । त्यसैले हरेक क्यारेन्टिन, एकान्तवास र अस्पतालहरुमा मनोपरामर्शको व्यवस्था गरिनु पर्छ । घर भित्र बस्न नसक्दा व्यक्तिहरुलाई उकुसमुकुस भएको थियो । व्यक्तिहरुमा डर, चिन्ता र अनिश्चितता बढेको थियो । आर्थिक समस्याका कारण घरेलु हिंसा, पारिवारिक सम्वन्धमा कठिनाई, उदासीनताका समस्याहरु बढेका थिएँ । फलस्वरुप व्यक्तिहरुमा निन्द्राको समस्या, शारीरिक सिकायत गर्ने, बढीनै सतर्क रहने, व्यक्तिगत सुरक्षाको डर, बढीनै चिन्ता, उदासिनताका लक्षणहरु व्यक्तिहरुमा देखिएका थिएँ ।
७) कोरोना वा अन्य बिषयसंग सम्बन्धीत सुचनाहरु पाउने नागरिकको अधिकार हो त्यसैले सुचना प्रकाशन र प्रशारणका लागि सरकारले संचार क्षेत्रलाई सहयोग गर्नु पर्छ ।
८) लक डाउनले मात्र कोरोनाको सक्रमण कम हुदैन् त्यसैले सचेतना, सुरक्षाको उपाय, उपचारको व्यवस्था र खोपलाई मिलाएर लैजानु पर्छ । सरकार, नागरिक समाज, नीजि संस्थाको परिचालन गर्नु जरुरी छ । नागरिकलाई सकारात्मक सन्देश जाने सुचनाहरु सरकार, दल, नेतृत्व वर्गहरुले गरिरहनु पर्छ । यो बेला एकले अर्कोलाई खुटा तान्ने भन्दा सहयोगी भुमिकामा लागि परौं ।