नीलकण्ठ नगरपालिकाको स्वागत योग्य काम, मृत्युवरण गरेका नगरबासीका परिवारलाई नगद १० हजार प्रदान

धादिङ,२४ बैशाख । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकाले मृत्युवरण गरेका नगरबासीका परिवारलाई नगद १० हजार वितरण गर्ने कार्य सुरु गरेको छ । आर्थिक रुपमा विपन्न रहेका परिवारलाई काजक्रिया गर्ने खर्चको अभाव नहोस भनेर नगद वितरण कार्यक्रम सुरु गरिएको हो । आर्थिक अवस्था कमजोर रहेकाहरुलाई मृत्यु संस्कारको १३ दिन निकै समस्या रहेको भन्दै नगरसभाबाटै निर्णय गरेर नगद वितरण गर्न थालिएको नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले जानकारी दिनुभयो । विभिन्न कारणले मृत्यु भएका नगरबासीको परिवारलाई भेट्न जादा धेरै आर्थिक समस्या भोगेको देख्दा आफुलाई दुख लागेकोले यस्तो कार्यको थालनी गरिएको ढुङगनाको भनाई छ । बिहिबार नगर प्रमुख भिम प्रसाद ढुंगानाले नगरभित्रका विभिन्न ९ जना क्रियापुत्रीलाई प्रति व्यक्ति दश हजारका दरले नगद वितरण गर्नुभएको हो । नीलकण्ठ नगरपालिका वडा नम्बर ५ को ३ जना, वडा नम्बर ६ को ३ जना र वडा नम्बर ४ को ३ जनालाई बिहिबार घरमै गएर नगद वितरण गरीएको छ । पैसाको अभावको कारण मृतकका परिवारले ठुलो मानसिक तनाव खेप्नुपरेको भन्दै यस्तो अभियान सन्चालन गरीएको नीलकण्ठ नगरपालिकाका प्रवक्ता गौगमहरि अधिकारीले बताएका छन् । आर्थिक अवस्था कमजोर भएका नगरबासीलाई मृत्यु भएको १३ दिन सम्म वडा तथा नगरपालिकामा सम्पर्क गर्नुपर्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्