राष्ट्रिय लोकनृत्य प्रतियोगिताको लागि धादिङबाट एड्भान्स एकेडेमी छनौट

धादिङ,२९ साउन ।
जिल्ला प्रथम हुदै धादिङको एड्भान्स एकेडेमी प्रदेश स्तरीय लोकनृत्य प्रतियोगितामा छनौट भएको छ।आज धादिङबेसी स्थित चिल्ड्रेनपार्क आवासिय माध्यमिक विद्यालयको प्राङ्गणमा भएको छनौट प्रतियोगितामा प्रथम हुदै बागमती प्रदेश स्तरीय प्रतियोगिताको लागि छनौट भएको हो ।
निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याब्सनद्वारा आयोजनामा सम्पन्न भएको प्रतियोगितामा ७ वटा विद्यालयकाहरुको सहभागिता रहेको थियो ।कक्षा ६ देखी १० कक्षा सम्मका विद्यार्थीहरुबिच भएको प्रतियोगितामा एड्भान्स एकेडेमीले बाजी मार्न सफल भएको हो । बागमती प्रदेश स्तरीय लोक नृत्य प्रतियोगितामा छनौट भएसँगै एड्भान्स एकेडेमीले नगद १५ हजार पुरस्कार जित्न सफल भएको छ ।

प्याव्सन धादिङका अध्यक्ष विनोद मान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा शिक्षा विकास तथा समन्व्य इकाई धादिङका निमित्त इकाई प्रमुख कृष्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।कार्यक्रममा प्याव्सन धादिङका पदाधिकारी लगायत विभिन्न बोडिङका प्रिन्सिपलहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्