यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ ,३१ साउन।

 हाल देशका अधिकांश भू-भागमा  आंशिक बदली  रहको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा  हल्का  वर्षा भैरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसाे देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली  रहनेछ।  देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राति पनि देशका पहाडी भू-भागका थोरै र बाँकी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, बुधबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली  रहनेछ।  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्