धादिङका १२ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ९९ पुग्यो

धादिङ,३१ साउन ।
धादिङका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्लामा गरीएको ३३ एन्टिजेन परिक्षणमध्ये धुनिबेशी नगरपालिकामा ६ जना, ज्वालामुखी गाउँपालिकामा ४ जना, नीलकण्ठ नगरपालिकामा २ जना गरी जिल्लामा १२ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ ।

हाल सक्रिय संक्रमितको संख्या ९९ पुगेको छ । र संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्