धुनिवेशी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

धादिङ,५ भदौ ।
धादिङ समाज जापान, धुनिबेशी नगरपालिका र गैरआवाशीय नेपाली संघ जापानको सहयोगमा धुनिबेशी नगरपालिकामा आजबाट (ख) वर्गको सुविधा युक्त एम्बुलेन्स सुचारु भएको छ ।

धादिङबाट जापान गईबसोबास गरेका र देशका अन्य विभिन्न भू–भागबाट जापानमा रहेका नेपाली नागरिकहरुको करिब १० लाख सहयोग र धुनिबेशी नगरपालिकाको करिब ९ लाख गरी कुल १९ लाख लागतमा खरिद गरिएको हो ।

आईतबार एक कार्यक्रका बीच गैरआवाशीय नेपाली संघ अन्तरद्धिप समन्वय परिषद NRNALCC का पूर्व अध्यक्ष तथा सिन्ज्ञोसिन रोटरी क्लब अफ टोकियोका रोटरीयन भवन भट्टले धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नु भएको हो ।

एम्बुलेन्स हस्तानतरण कार्यक्रममा बोल्नु हुँदै पृर्व अध्यक्ष भट्टले आगामी दिनमा समेत विभिन्न किसिमका सहयोग गर्ने बताउनु भएको छ । त्यसै कार्यक्रममा बोल्नु हुँदै धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले धादिङ समाज जापान र गैरआवाशीय नेपाली संघ जापन, सिन्ज्ञोसिन रोटरी क्लब अफ टोकियोले गरेको सहयोगको धन्यवाद सहित प्रशम्सा समेत गर्नु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्