नलाङ मोडेल एकेडेमीमा शैक्षिक तालिम संचालन

सिद्धलेक,०७ भाद्र।
धादिङको सिद्धलेक गाउँपालिका वडा नं २ स्थित नलाङ मोडेल एकेडेमीमा शैक्षिक तालिम सुरु भएको छ ।

शिक्षण सिकाई क्रियाकलापलाई थप प्रोत्साहन गर्न, ग्रामिण स्तरमा शिक्षालाई थप प्रभावकारी बनाउन र शैक्षिक प्रविधि तथा सिकाई विधिमा रुपान्तरण गर्ने उद्धेश्यले मंगलबारदेखी शैक्षिक तालिम सुरु भएको हो ।

नेपालका लागि इजरायली राजदुताबास,लाजिम्पाट काठमाण्डौको सहयोग तथा मसाभ शैक्षिक तालिम केन्द्रकी निर्देशक युदिथ रोसेन्थालको नेतृत्वमा शैक्षिक रुपान्तरण कार्यक्रम अन्तरगत शैक्षिक तालिम संचालन गरिएको नलाङबाट अर्जुन सिलवालले जानकारी दिनुभयो ।

उक्त तालिमको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेल,नेपालका लागि इजरायली राजदुत खनान गोदार, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा लगाएतको उपस्थितिमा भाद्र १० गते अन्तरक्रिया सहित समापन गरिने अर्जुन सिलवालले बताउनुभयो ।

No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्