धादिङको सिमबेसी–आगिञ्चोक सडक कालोपत्रे हुने,सांसद सिंखडाले गरे शिलान्यास

धादिङ,०८ भाद्र ।
त्रिपुरासुन्दरीको सिमबेसी–गोलाङ–आगिञ्चोक–बेलुङभञ्ज्याङदेखि गंगाजमुना को फुलखर्क–गुम्दी सडक कालोपत्र हुने भएको छ । २७ करोड ३० लाखको लागतमा गंगाजमुनाको फुलखर्क–गुम्दी सडकको सिमबेसी देखि साढें ७ किलोमिटर सडक कालोपत्र हुने भएको छ ।

उक्त निमार्ण कार्यको लागि बुधबार एक कार्यक्रमका बीच बागमती प्रदेशका सांसद जगत सिंखडाले शिलान्यास गर्नुभएको छ । यसको निमार्ण अवधी ३ वर्षको रहेको छ । शिलान्यास कार्यक्रममा सांसद सिंखडाले स्टमेट अनुसारको काम र समय सिमा हेरेर काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ। विगत २५ वर्ष देखि हुन नसकेका काम आफूले ५ वर्षे कार्यकालमा गरेको भन्दै सांसद सिंखडाले शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, विद्युतिकरण, उत्तरी धादिङको सडक संजाल जस्ता विकासका संरचनालाई हेरे पुग्ने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘उत्तरी धादिङको मुहार नै मेरो कार्यकालमा फेरिएको छ, चुनावका बेला आफुले गरेका प्रतिवद्धता अक्षरस कार्यन्वयमा लगेको छु।’ उहाँले उत्तरी धादिङलाई सडक संजालसँग जोड्न बिभिन्न ठाउँहरुमा ६ वडा पक्की पुलहरु बनि सकेको र अबको केहि महिनामा लापामा बस पुग्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले काममा कहि कतैबाट अवरोध नगरी गुणस्तरिय र प्राविधिक स्टमेट अनुसारको काम भए नभएकोमा ध्यान दिन स्थानियलाई आग्रह गर्नुभयो । उहाँले यो संघीय सरकारको क्रमागत योजना भएकाले यो सडक त्रिपुरासुन्दरी सिमबेसी गोलाङ फुलखर्क, गुम्दी, रि, किचेत केचेत हुँदै लापा जोडिने बताउनुभयो ।

यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै ठेकेदार कम्पनी गौरी पार्वती त्रिपुरासुन्दरी अम्बुजा जेभी का दिपक पाण्डेले आफू स्थानीय नै भएकोले गुणस्तरिय काम सहित तोकिएकै मितिमा काम सम्पन्न गर्ने बताउनुभयो । त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष धरेलको अध्यक्ष्यतामा भएको शिलान्यास कार्यक्रममा बागमती प्रदेशका सांसद सिंखडाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम वडा अध्यक्ष हरि विश्वकर्माले संचलानमा गर्नुभएको थियो ।

No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्