धादिङ,०८ भाद्र।
देशभर थप ४ सय ८७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर ४ हजार १ सय ७७ कोरोना परीक्षण गर्दा ४ सय ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ हजार ८ सय ६ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ४२ जना र २ हजार ३ सय ७१ एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्ये थप १ सय ६४ जना स्वस्थ भएका छन् भने १ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय २ सय ९८ रहेको छ ।