धादिङमा कोरोनाका सक्रिय संक्रमित १३६ जना,थपिए १५ संक्रमित

धादिङ,०९ भाद्र ।
धादिङका थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा गरिएको ७७ एन्टिजेन परिक्षणमा गजुरी गाउँपालिकामा १ र ज्वालामुखी गाउँपालिकामा १४ गरी जिल्लामा १५ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ।

यस्तै जिल्लाका थप २३ कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । यो सँगै हाल सक्रिय संक्रमितको संख्या १३६ रहेको छ ।संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्