मिटर व्याजी विरुद्ध धादिङमा तिन जनाले दिए उजुरी

धादिङ,१० भाद्र।
मिटर व्याजी बिरुद्ध धादिङका ३ जनाले उजुरी दिएका छन् । मिटर ब्याज पीडित व्यक्तिहरूले मिटर ब्याजीले गरेका अपराध र शोषण विरुद्ध जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी दिएक हुन् ।

भाद्र ५ गते गजुरी गाउँपालिका २ धादिङका दिवाकर बिष्टले ८ लाख रकम ऋण लिएको तर लिएको ऋण तिरिसक्दा पनि तिर्न बाँकी भनेर मागिरहेको भनि उजुरी दिएका छन् ।

त्यस्तै गजुरी गाउँपालिका १ धादिङकी चन्द्रमाया लम्सालले जग्गा धितो राखेर दुई लाख रकम ऋण लिएको तर सावाँ व्याज दिन्छु जग्गा फिर्ता देउ भन्दा नमानेको भनि निवेदन दिएकी छिन् ।

यसैगरी भाद्र ८ गते निलकण्ठ नगरपालिका ४ धादिङकी मानकुमारी सार्कीले श्रीमान बिरामी भएको र घर बनाउदै गर्दा साहुँसङ्ग ऋण लिएको तर अहिले साहुले धम्कि दिएको भनि ५ जनाको नाममा उजुरी दिएकी छन् ।

गृह मन्त्रालयले सूचना नै प्रकाशित गरी उजुरी दिन आग्रह गरेको थियो । देशैभरी मिटर ब्याजको जालो फैलिएको हुन सक्ने अवस्थालाई मध्यनजर गरी मिटर ब्याज पीडित व्यक्तिहरूबाट त्यसा मिटर ब्याजीले गरेका अपराध र शोषण विरुद्ध आआफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा यथासम्भव बढी तथ्य प्रमाण सहित उजुरी दर्ता गर्न सरकारले आह्वान गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्