विश्वमा कोरोना संक्रमितको संख्या ६० करोड, ६५ लाखको मृत्यु

विश्वमा हालसम्म ६० करोड ३८ लाख ९६ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ । 

वल्डोमिटर्सका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् । हालसम्म अमेरिकाम ९ करोड ५८ लाख ८ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । 

अमेरिकापछि संक्रमितको ठूलो संख्या भारतमा रहेका छ । भारतमा हालसम्म ४ करोड ४३ लाख ८६ हजार ८३६ जनामा संक्रमण पुष्टी भएको छ । 

यस्तै, हालसम्म फ्रान्समा ३ करोड ४४ लाख २८ हजार ७३८, ब्राजिलमा ३ करोड ४३ लाख ५० हजार ६३९ र जर्मनीमा ३ करोड १९ लाख ७० हजार ७७९ जनामा कोरोना भाइरसको संक्रमण भइसकेको छ । 

विश्वमा रहेका संक्रमितमध्ये ५७ करोड ८७ लाख १६ हजार ७७५ जना निको भइसकेका छन् । अहिले विश्वमा सक्रिय कोरोना संक्रमितको संख्या १ करोड ८६ लाख ९७ हजार २८७ रहेको छ । 

वल्डोमिटर्सका अनुसार कोरोना भाइरसको संक्रमणको कारण विश्वमा हालसम्म ६४ लाख ८२ हजार ५८ जनाको मृत्यु भइसकेको छ । 

कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा हालसम्म १० लाख ६७ हजार ९६४ जनाको मृत्युको कारण कोरोना बनेको छ । 

कोरोनाका कारण ब्राजिलमा ६ लाख ८३ लाख ३२८, भारतमा ५ लाख २७ हजार ४८८, रुसमा ३ लाख ८३ हजार ८२९ र मेक्सिकोमा ३ लाख २९ हजार २२५ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्