प्रदेश १ मा पछिल्लो १२ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो १२ घण्टामा सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरको नोबल अस्पतालमा ६ र विराट मेडिकल कलेजमा थप एक गरि सात जनाको मृत्यु भएको हो । विराट मेडिकलमा सुनसरीको इटहरी उपमहानगर ८ की ५४ वर्षीय महिलाको  आज विहान मृत्यु भएको हो । उच्च रक्तचाप र क्यान्सर रोगले पीडित उनमा कोरोना संक्रमण पुष्टि भएपछि २४ गते अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका इन्चार्ज सुनील देवले बताए ।

नोबेलमा आज बिहान २ः३० बजे धरानका ६६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको नोबल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । सोही दिन ३ः३० बजे विराटनगर १ त्रिवेणी चोक घर भएका ७६ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । यस्तै सिरहाको कल्याणपुर ४ की ३८ वर्षीय कोरोना संक्रमित महिलाको पनि उपचारको क्रममा नोबेलमा मृत्यु भएको अस्पतालका प्रबन्धक दाहालले जानकारी दिए ।

यस्तै, मोरङको उर्लाबारी–६ की ३९ वर्षीया महिला, झापाको मेचीनगर–६ का ६० वर्षीय पुरुष र सप्तरीको बोदे बरसाइन नगरपालिका–१० का ३५ वर्षीय पुरुषको आइतबार  बिहान  मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्