धादिङका थप १० जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमित १३४

धादिङ,१० भाद्र ।
धादिङका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा गरिएको ३० एन्टिजेन परिक्षणमा ज्वालामुखी गाउँपालिकामा ८ जना, गंगाजमुना र त्रिपुरासुन्दरी गाउँपालिकामा १÷१ जना गरी जिल्लामा १० पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ।

यस्तै जिल्लाका थप १२ कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । यो सँगै हाल सक्रिय संक्रमितको संख्या १३४ रहेको छ ।संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्