न्यु किवोमा तिज विशेष नृत्य प्रतियोगिता र विद्यार्थी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

धादिङ,११ भाद्र ।
न्यु किवो बोर्डिङ स्कुलमा तिज विशेष नृत्य प्रतियोगिता तथा बिद्यार्थी सम्मान रा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार किवो बोर्डिङको प्राङ्गणमा भएको नृत्य प्रतियोगितामा प्री–प्राइमरि कक्षामध्ये युकेजी म्यारिगोल्डका विद्यार्थीहरुको नृत्य प्रथम भएको छ । कक्षा १–३ मध्ये कक्षा ३ का विद्यार्थीहरुको नृत्य प्रथम, कक्षा ४–६ मध्ये कक्षा ४ का विद्यार्थीहरुको नृत्य प्रथम, कक्षा ७–९ मध्ये कक्षा ९ का विद्यार्थीहरुको नृत्य प्रथम भएको छ ।

यसैगरी कार्यक्रममा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बाग्मती प्रदेश स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु बिशाल सापकोटा, योएल तामाङ, पुस्पा केसि लगायतलाई सम्मानपत्र द्वारा सम्मान गरिएको थियो ।

यस्तै गत २०७८ सालको एस.इ.इ परिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाइ सम्मान तथा बिदाईका साथै उत्कृष्ट जिपिए(४) प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको न्यु किवो बोर्डिङ स्कुलले जनाएको छ । साथै बिद्यालयका सम्पुर्ण पुरुष शिक्षकहरूको आयोजनामा महिला शिक्षिकाहरुलाई दर खुवाउने कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

बिद्यालय सन्चालक समितिका अध्यक्ष तथा निर्देशक काशिनाथ कोइरालाको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख कुलमान बिश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रताप सिङ तामाङ, पत्रकार महासङ धादिङका अध्यक्ष राजाराम शर्मा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बिद्यालयका प्रीन्सिपल प्रयास रेग्मीले सम्पुर्ण अतिथि, अभिभावाक, बिद्यार्थी लगायतलाई स्वागत गर्नु भएको थियोे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख विश्वकर्माले हिन्दु नारिहरुको महान चाड तिजको अवसरमा शुभकामना दिदै बालबालिकाको सर्वाङ्गिण विकासको लागि नृत्य प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्