धादिङ उद्योग व्यवसायी संघको अध्यक्षमा संजिव त्रिपाठी

धादिङ,११ भाद्र ।
धादिङ उद्योग व्यवसायी संघको अध्यक्षमा संजिव त्रिपाठी चयन भएका छन्। शुक्रबार सम्पन्न उद्योग व्यवसायीहरुको भेलाले त्रिपाठीको अध्यक्ष्यतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

संघको उपाध्यक्षमा रमेश ढकाल, सचिवमा विष्णु श्रेष्ठ, सहसचिवमा सरोज अधिकारी, कोषाध्यक्षमा अकिल तिमल्सिना रहेका छन् ।

त्यस्तै सदस्यहरुमा बासुदेव कडेल, सविन त्रिपाठी, सुदर्शन कडेल, उत्तम रिमाल, मधु अर्याल, रामहरि थापा, राजु उपाध्याय, कृष्ण गुरुङ, दिलिप पौडेल, राजकुमार श्रेष्ठ, राजन श्रेष्ठ, प्रदिप ब्रजचार्य विष्णुराज श्रेष्ठ, सन्तोषी श्रेष्ठ र सुशील अधिकारी चयन भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्