नेपाल र केन्या आज पनि भिड्दै

नेपालले आज घरेलु टोली केन्यासँग तेस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

नेपाल आज दोस्रो जितको खोजीमा हुनेछ भने केन्या पनि सोही दाउमा छ । पाँच खेलको सिरिजमा नेपाल र केन्याले एकएक खेल जितिसकेका छन् । नेपालका लागि कमजोर र गैरजिम्मेवार ब्याटिङ टाउको दुखाईको विषय बनेको छ । 

नेपाल र केन्याबीच चौंथो टी-ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते हुनेछ । त्यसपछि नेपालले घरेलु टोलीसँग नै एकदिवसीय सिरिज खेल्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्