धादिङका १८ वटा होटलमा अनुगमन,११ होटललाई जरिवाना(विवरण सहित)

धादिङ,१२ भाद्र ।
धादिङको पृथ्वी राजमार्ग क्षेत्रमा सञ्चालित होटल तथा खाजा घरहरूमा जिल्ला अनुगमन टोलीले अनुगमन गरेको छ ।

शुक्रबार र शनिबार दुईदिनको अवधीमा १८ वटा होटल तथा खाजा घरहरूको अनुगमन गर्दा उपभोक्ता हित विपरीत काम गर्ने ११ होटललाई कारबाही गरेको छ । टोलिले गल्छी गा.पा.– ७, भल्टारमा रहेको जुनतारा रेष्टुरेन्ट एण्ड लज र न्यू लुम्बिनी होटललाई १०÷१० हजारका दरले जरिवाना गराइएको घरेलु कार्यालय धादिङले जनाएको छ ।

थाक्रे गा .पा.–२ मा रहेको न्यू काष्ठमण्डप होटललाई १५ हजार र होटल हिराचन एण्ड रेष्टुरेन्टलाई ५ हजार, धुनिबेशी न.पा.– ८ खानिखोलामा रहेको आर.पि. कोल्ड स्टोर एण्ड खाजा घरलाई २० हजार, मच्छिन्द्र स्टाफ होटललाई ५ हजार जरिवाना तिराइएको छ ।

त्यस्तै बेनीघाट रोराङ गा.पा.– ३ सलाङघाटमा रहेको सफल होटललाई १० हजार, बेनीघाट रोराङ गा.पा.– ७ खटौलीमा रहेको नेपाल माइक्रो खाना एण्ड खाजा घरलाई १० हजार, बेनीघाट रोराङ गा.पा.–७ खोष्टे मा रहेको– युनिक हाइवे होटललाई १० हजार, बेनीघाट रोराङ गा.पा.– ५ विशालटारमा रहेको बुढिगण्डकी हाइवे रेष्टुरेन्टलाई ५ हजार र बेनीघाट रोराङ गा.पा.–३ सलाङघाटमा रहेको चितवन स्टाफ होटललाई २० हजार जरिवाना गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ ।

टोलीले अनुगमनको क्रममा करिब १२ हजार ८ सय रुपैयाँ बराबरको म्याद गुज्रेका÷सडेगलेका प्रयोग गर्न अयोग्य सामाग्रीहरु नष्ट गरेको छ । कारबाहीमा परेका होटलहरुले निर्धारित मुल्यभन्दा बढी रकम लिएको, सरसफाइमा ध्यान नदिएको पाइएको जरिवाना तिराईएको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ ।

जिल्लाका बिभिन्न स्थानमा अखाध्य बस्तुको बिक्री भएको,तोकिएको मुल्यभन्दा बढी रकम लिएको र सरसफाइमा ध्यान नदिएको भन्ने सुचनाको आधारमा प्रशासन, घरेलु लगाएतका सम्बन्धित निकायहरुले बजार अनुगमनलाई तीब्रता दिएको छ। जिल्ला अनुगमन टोलीले उपभोक्तालाई सचेत बन्न र गुनासो गर्ने बानी बसाल्न आग्रह समेत गरेको छ ।

तस्विर :घरेलु कार्यालय धादिङ

May be an image of 7 people, people standing, flower and indoor
May be an image of indoor
May be an image of 13 people, people standing, outdoors and text that says '330ML बोतलमा पनि បoយ Tunln खोलौ R. P. Cold Store & Khaja Ghar, Dhunibeshi-8, Khanikhola TUBORG रमेर होलीको शुभकामना गोख होलीको อว CONTACT.NO. 9861656904'
May be an image of 3 people and outdoors
No photo description available.
May be an image of 6 people and people standing
May be an image of 1 person, food and indoor
May be an image of 5 people and people standing

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्