साउन महिनाको उत्कृष्ट प्रहरीमा प्रल्हाद महतो

धादिङ,१३ भाद्र ।
जिल्ला प्रहरी कार्यालय धादिङले प्रहरी सहायक हवल्दार प्रल्हाद महतोलाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ। ईलाका प्रहरी कार्यालय गजुरी धादिङमा दरबन्दी भई प्रहरी कार्यालय धादिङमा कार्यरत प्रहरी सहायक हवल्दार महतोलाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

प्रहरीबाट सम्पादित कार्यको उचित मुल्याङकन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवंम थप हौसला प्रदान गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालयबाट जारी भएको महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यबिधी २०७७ अनुसार महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको धादिङले प्रहरीले जनाएको छ ।

सर्बोत्कृष्ट घोषणा हुनुभएका महतोले साउन महिनाको विभिन्न मितिमा बिशेष सुराकीको आधारमासुन जस्तो देखिने धातु, अमेरिकन डलर, अबैध मोबाईल,पेस्तोल, कटुवा पेस्तोल, पेस्तोलमा प्रयोग हुने २० राउन्ड गोली सहित ३ जना पक्राउ गर्ने कार्यमा उत्कृष्ट कार्य सम्पादन लगाएतका कार्यहरु गरेको भन्दै सर्बोत्कृष्टमा छनौट गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्