नेत्रावती डबजोङमा स्थानिय सरकार, साईवर क्राईम र लागुऔषधी सम्बन्धी अभिमुखिकरण

धादिङ,१५ भाद्र ।
नेत्रावती डवजोङ गाउँपालिकामा स्थानिय सरकार साईवर क्राईम र लागुऔषध सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार गाउँपालिकाको कार्यालय सेमजोङमा स्थानिय स्तरमा नै साईवर क्राईम र लागुऔषध नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्धेश्यले एक दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका सुचना अधिकारी कृष्ण बहादुर पौडेलले जानकार दिनुभयो ।

कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले स्थानिय सरकार संचालन ऐन, नियम, निर्देशिका बारे सहजीकरण गर्नु भएको थियो । त्यस्तै जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकिय अधिकृत राजन घिमिरेले वडागत सिफारिस,नागरिकता सिफारिस जस्ता प्रशासनिक कार्यको बिषयमा अभिमुखिकरण गर्नुभएको भने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक राकेश सिंहले साईवर क्राईम र लागुऔषध सम्बन्धी अभिमुखकरण कार्यक्रम संचालन गर्नुभएको थियो ।

गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको अध्यक्षतामा भएको कार्यक्रममा प्रजिअ लम्सालको प्रमुख आतिथ्यता तथा प्रहरी उपरिक्षक राकेश सिंहको बिशेष आतिथ्यता रहेको थियो ।कार्यक्रममा वडा अध्यक्षहरु तथा कार्यपालिकाका सदस्यहरु, शाखा प्रमुख तथा प्रतिनिधिहरु र प्रहरीहरुको उपस्थिति रहेको थियो ।

गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरेराम शाहले संचालन गर्नु भएको कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख एवम् सुचना अधिकारी पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । बिगतको तिन बर्षलाई नियाल्दा नेत्रावती डवजोङ गाउँपालिकामा साईबर अपराधको घटना घट्दो क्रममा रहेको गाउँपालिकाका सुचना अधिकारी पौडेलले बताउनुभयो ।

No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्