देशभर थप २ सय ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाडौँ,१५ भाद्र ।
देशभर थप २ सय ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार ९ सय २० कोरोना परीक्षण गर्दा २ सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा २ हजार ४ सय ८५ आरटी पिसिआर विधिबाट गरिएको परीक्षमा २ सय २४ जना र १ हजार ४ सय ३५ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप १ सय ७५ जना स्वस्थ भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्