नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई पोशाक वितरण तथा विदाई

धादिङ,१७ भदौ
धादिङबाट नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहहभागि हुने खेलाडीलाई आज एक कार्यक्रमका बिच पोशाक वितरण तथा विदाई गरीएको छ । धादिङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको कार्यक्रममा विभिन्न विधामा सहभागि हुने टिम म्यानेजर,कोच लगायत ८२ जना खेलाडीहरुलाई पोशाक वितरण सँगै विदाई गरीएको हो ।

धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिंह तामाङको प्रमुख आतिथ्यताम सम्पन्न भएको कार्यक्रममा एन्फाका उपाध्यक्ष राजन भण्डारी, व्याटमिन्टन संघका सचिव भिषण श्रेष्ठ, कार्यालय सविच रमेशमान तुलाधर लगायतको आतिथ्यता रहेको थियो ।

सितेरो कराते जिल्ला ईन्चार्ज भीम गुरुङले सन्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथी प्रताम सिंह तामाङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा धादिङको नाम राख्ने गरी खेल्नको लागि शुभकामना दिनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्