धादिङका एक जनामा कोरोना संक्रमण, १५ संक्रमित डिस्चार्ज

धादिङ,१९ भाद्र ।
गत २४ घण्टामा धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि हुँदा १५ संक्रमित डिस्चार्ज भएका छन् ।

जिल्लामा गरिएको २ एन्टिजेन परिक्षणमध्ये त्रिपुरासुन्दरी गाउँपालिकाका १ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ।

हाल धादिङमा सक्रिय संक्रमित ७३ रहेका छन् । संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्