लेपजिगलाई हराउँदै जर्मन कप फुटबलको उपाधि डर्टमुन्डले जित्यो

जर्मन कप फुटबलको उपाधि बोरुसिया डर्टमुन्डले जितेको छ । गएराति भएको फाइनल खेलमा आरबी लेपजिगलाई हराउँदै डर्टमुन्डले उपाधि जितेको हो ।बर्लिनमा भएको खेलमा डर्टमुन्डले लेपजिगलाई ४ १ गोलअन्तरले हराएको हो । डर्टमुन्डको जीतमा एर्लिङ हालान्ड र जोडन सान्चोले २ २ गोल गरेका थिए । लेपजिगका डेनियल ओल्मोले १ गोल गरे ।

खेलको पाँचौ मिनेटमा नै जाडोन सान्चोको गोलबाट डर्टमुन्डले अग्रता लिएको थियो । उनले मामुद दाहुदको पासमा गोल गरेका थिए । २८औं मिनेटमा हालान्डले कप्तान मार्काे रिउसको पासमा गोल गर्दै डर्टमुन्डको अग्रत दोब्बर पारे ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा कप्तान रिउसकै पासमा सान्चोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि डर्टमुन्ड फराकिलो जीततर्फ अग्रसर बन्यो ।

७१औं मिनेटमा ड्यानियल ओल्मोले क्रिस्टोफेर एनकुकुको पासमा गोल गर्दै लाइप्जिगको सम्भावना जीवितै राख्यो । ८७औं मिनेटमा दुई गोल गरिसकेका सान्चोका पासमा हालान्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै डर्टमुन्डलाई ४–१ को जित दिलाउँदै च्याम्पियन बनाए ।

डर्टमुन्डले पाँचौंपटक जर्मन कपको उपाधि हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्