धादिङ,२० भाद्र ।
धादिङको ज्वालामुखी गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार गरीएको १५ एण्टिजेन परिक्षणमा ज्वालामुखीका ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङ्कमा उल्लेख गरीएको छ ।
यस्तै आज १० संक्रमित डिस्चार्ज भएका छन् । हाल जिल्लामा संक्रिय संक्रमितको संख्या ६८ जना रहेका छन् । संक्रमित सबै होम आईशोलेशनमा रहेका छन् ।