२४ घण्टामा थप २२१ जनामा कोभिड संक्रमण, २०६ संक्रमित डिस्चार्ज

धादिङ,२० भाद्र ।
देशभर पछिल्लो २४ घण्टामा थप २२१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ४८ को नमूना परीक्षण गरिएको थियो । १ हजार ५१९ ले पिसिआर र २ हजार ५३९ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यही अवधिमा २०६ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८३ हजार ५३९ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४ सय ४४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार ७ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्