आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

काठमाडौँ,२१ भाद्र ।

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा तीन सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको छ । 

तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर ११ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्