आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

काठमाडौँ,२३ भाद्र ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा आठ सय रुपैयाँले बढेर ९३ हजार आठ सय रुपैयाँ कायम भएको छ । तेजावी सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर ११ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्