धादिङ,२३ भाद्र ।
धादिङमा आज २ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १० संक्रमित डिस्चार्ज भएका छन् ।
गंगाजमुना गाउँपालिकामा गरिएको ४ एन्टिजेन परिक्षणमा २ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ ।
हाल सक्रिय संक्रमित ७४ रहेका छन् । संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।