थप २२७ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित २ हजार ४७३

धादिङ,२३ भाद्र ।
देशभर पछिल्लो २४ घण्टामा थप २ सय २७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ४०१ को नमूना परीक्षण गरिएको थियो । १ हजार ५१८ ले पिसिआर र २ हजार ८८३ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यही अवधिमा १६८ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८३ हजार ९४९ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४ सय ७३ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १० पुगेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्