निर्दोष छु,केहि दिनमा देश फर्कनेछु :सन्दीप लामिछाने

निलम्बित राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने स्वदेश फर्कने भएका छन् ।

सामाजिक सञ्जालमा शुक्रबार एक पोष्ट राख्दै सन्दीपले क्यारेवियन प्रिमियर लिग(सिपिएल) छोडेर नेपाल फर्किन लागेको बताएका हुन् । उनले बलात्कार आरोपमा आफू निर्दोष रहेको बताएका छन् । 

‘म निर्दोष छु र मलाई नेपालको नेपालको कानुनमा पूर्णत विश्वास छ । मैले सिपिएल छाड्ने निर्णय गरेको छु र म केहि दिनमा आफ्नो देश फर्कनेछु ।’ सन्दीपले भने, ‘म आधारहिन आरोपको सामना गर्न तयार छु । निर्दोषले न्याय पाउने छन् । यसमा संलग्न सबैको राम्ररी अनुसन्धान हुनेछ र कानुन सबैका लागि बराबर हुने विश्वास छ ।’

बलात्कार आरोप लागेपछि बिहीबार क्यानले एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरिएको थियो । नाबालिगलाई बलात्कारको आरोप लागेका सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएपछि क्यानले निलम्बन गरेको हो ।

एक जना १७ वर्षीया बालिकाले मंगलबार लामिछानेले गौशालाको एक होटमा लगि आफूलाई बलात्कार गरेको भन्ने उजुरी प्रहरी बृत्त गौशालामा दिएकी थिइन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्