नेपाल मगर विद्यार्थी संघ धादिङको अध्यक्षमा राजु पुलामी मगर

धादिङ,२५ भाद्र।
नेपाल मगर संघको भातृ संस्था नेपाल मगर विद्यार्थी संघ धादिङको छैटौ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

नेपाल मगर संघ धादिङको कार्यलय शान्तवजार धादिङवेसीमा सम्पन्न अधिवेशनले राजु पुलामी मगरको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरिएको छ ।

नवगठित कार्यसमितिकोको उपाध्यक्षमा,उपाध्यक्ष सन्तोष थापा मगर,सचिवमा अनु थापा मगर,सह सचिवमा सृष्टि थापा मगर र कोषाध्यक्षमा धन बहादुर आले मगर निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा लजिना पुलामी मगर,प्रतीक्षा राना मगर,शर्मिला मगर,सुदिप सिञ्जाली मगर,नविना दर्लामी मगर,कैलाश लुङगेली मगर,सन्देश थापा मगर,कविता राना मगर रहनुभएको छ ।

नेपाल मगर विद्यार्थी संघ धादिङका अध्यक्ष सुरेश राना मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल मगर संघ धादिङका अध्यक्ष अमृता रेशमी मगर , नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सचिव गणेश राना मगर लगायतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्