१ लाख १५ हजार म्यादी प्रहरीको लागि भर्ना खुल्यो, कति पाउँछन् तलब ?

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुला भएको छ। 

नेपाल प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग भर्ना छनोट शाखाका अनुसार ४० दिनको सेवा अवधिका लागि एक लाख पन्ध्र हजार म्यादी प्रहरीको दरखास्त खुलेको हो । सो अवधिमा म्यादी प्रहरीले प्रतिदिन ८ सय ६९ रूपैयाँको दरले ४० दिन सम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा पारिश्रमिक ३४ हजार ७६० रूपैयाँ प्राप्त गर्नेछन् । 

साथै खाद्यान्न बापत प्रति व्यक्ति एकमुष्ट ७ हजार २०० रूपैयाँ हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीको हकमा जिल्लाको न्यूनतम राशन दररेट अनुसारको रकम पाउनेछन् । तोकिएको पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रति व्यक्ति ६ हजार रुपैयाँ एकमुष्ट उपलब्ध हुनेछ। हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरूलाई गाढा निलो रंगको कपडाको ज्याकेट खरिद गर्न प्रति व्यक्ति थप १ हजार रुपैयाँ उपलब्ध हुनेछ। 

इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउन सक्नेछन् । आवेदक दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । जसमा नेपाली नागरिक हुनुपर्ने,  नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, आतङ्ककारी सङ्गठनको सदस्य नरहेको हुनुपर्नेछ । 

सूचना-

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्