धादिङका थप ९ फर्मको अनुगमन : ६ फर्मलाई कारबाही,४५ हजार जरिवाना (सुचीसहित)

धादिङ,२६ भाद्र ।
पृथ्वी राजमार्ग अन्तरगत धादिङ जिल्लामा सञ्चालित थप ६ होटल तथा खाजा घर र स्पलायर्स/किराना पसलमा अनुगमन गरिएको छ । जिल्ला अनुगमन टोली धादिङले शनिबार ९ वटा फर्महरूको अनुगमन गर्दा उपभोक्ता हित विपरीत गर्ने ६ वटा फर्महरुलाई नगद जरिवाना सहित कारबाही गरेको छ ।

टोलिले थाक्रे गा.पा.–८ चारकिलोको सुपा देउराली रेष्टुरेन्ट एण्ड भोजनालयलाई दश हजार, दर्ता नभएको कोल्ड स्टोरलाई पाँच हजार, थाक्रे गा.पा.–८, चिनिमिलको न्यू हरियाली होटललाई दश हजार, भुजेल जनरल स्टोरलाई पाँच हजार प्रकाश कोल्ड स्टोर एण्ड खाजा घरलाई पाँच हजार र धुनिबेशी न.पा.–६, धार्केको आर.एल. स्टोरलाई दश हजार जरिवाना तिराइएको घरेलु कार्यालय धादिङले जनाएको छ ।

टोलीले अनुगमनको क्रममा १४ हजार २ सय रुपैयाँ बराबरको म्याद गुज्रेका÷सडेगलेका प्रयोग गर्न अयोग्य सामाग्रीहरु नष्ट गरेको छ । जिल्ला अनुगमन टोलीले यसअघि पनि पृथ्वी राजमार्ग क्षेत्रमा सञ्चालित ४४ वटा होटल तथा खाजा घरहरूको अनुगमन गर्दा २६ होटललाई कारबाही गरेको थियो भने १ लाख १३ हजार ८ सय ५ रुपैयाँ बराबरको म्याद गुज्रेका/सडेगलेका प्रयोग गर्न अयोग्य सामाग्रीहरु नष्ट गरेको थियो ।

कारबाहीमा परेका होटलहरुले निर्धारित मुल्यभन्दा बढी रकम लिएको, सरसफाइमा ध्यान नदिएको, दर्ता नगरी सञ्चालनमा गरेको पाइएको जरिवाना तिराईएको घरेलु कार्यालय धादिङले जनाएको छ ।

जिल्लाका बिभिन्न स्थानमा अखाध्य बस्तुको बिक्री भएको, तोकिएको मुल्यभन्दा बढी रकम लिएको र सरसफाइमा ध्यान नदिएको भन्ने सुचनाको आधारमा प्रशासन, घरेलु लगाएतका सम्बन्धित निकायहरुले बजार अनुगमनलाई तीब्रता दिएको छ। जिल्ला अनुगमन टोलीले उपभोक्तालाई सचेत बन्न र गुनासो गर्ने बानी बसाल्न आग्रह समेत गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्