एक केजी सुनसहित धादिङका तोकमान तामाङ पक्राउ

धादिङ,२६ भाद्र ।
काठमाडौंबाट एक केजी सुनसहित धादिङका एक जना पक्राउ परेको छन् ।

शनिबार विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–४ महाराजगन्ज शंखपार्कस्थित सडकबाट सुनसहित धादिङको रुवी भ्याली गाउँपालिका–३ घर भई हाल काठमाडौं टोखा बस्ने ३० वर्षीय तोकमान तामाङलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्