नेपाल उत्पीडित जातिय मुक्ति समाज धादिङको अध्यक्षमा जित बहादुर नेपाली

धादिङ,२६ भाद्र ।
नेपाल उत्पीडित जातिय मुक्ति समाज धादिङको अध्यक्षमा जित बहादुर नेपाली चयन हुनुभएको छ । जातिय भेदभाव तथा छुवाछुतको अन्त्य गर्न राष्ट्रिय निति निर्माण गरौ, समानुपातिक समावेशीपूर्ण प्रतिनिधिको सवैंधानिक अग्राधिकार सुनिश्चित गरौँ भन्ने मूल नाराका साथ शनिबार धादिङबेशीमा सम्पन्न भएको ऐतिहासिक चौथो जिल्ला अधिवेशनले अध्यक्षमा नीलकण्ठका जित बहादुर नेपालीको अध्यक्ष्यतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा गल्छीका राम बहादुर कालिकोटे(वि.क), धुनीबेशीका सिता परियार, सचिवमा ज्वालामुखीका कृष्ण बहादुर नेपाली, उपसचिवमा खनियाबासकी प्रमिला सुनार, नेत्रावती डवजोङकी शर्मिला वि.क र कोषाध्यक्षमा सिद्धलेककी जुना सार्की चयन हुनुभएको छ ।

मुक्ती समाजका केन्द्रिय सदस्य तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य दिल बहादुर रम्तेलको अध्यक्ष्यतामा भएको कार्यक्रममा मुक्ती समाजका केन्द्रिय उपाध्यक्ष, बागमती प्रदेश सांसद मैना अछामीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमको अवसरमा मुक्ति समाज धादिङमा स्थापना देखि हाल सम्म क्रियाशील रहनुभएका १३ जना दलित अगुवाहरुलाई सम्मान गरिएको थियो ।साथै लोकगायक रुपक परियार, अमृत खाती, लगायतका कलाकारहरुको प्रस्तुती समेत रहेको थियो ।

No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्