नेत्रावती डबजोङका एक जनामा कोरोना पुष्टि, ७ संक्रमित डिस्चार्ज

धादिङ,२६ भाद्र ।
नेत्रावती डबजोङ गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आईतबार जिल्लामा गरिएको ३ एन्टिजेन परिक्षणमध्ये नेत्रावती डबजोङ गाउँपालिकाका एक जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ ।

यस्तै ७ संक्रमित डिस्चार्ज भएका छन् ।हाल सक्रिय संक्रमित ७० जना रहेका छन् । संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्