विश्व प्राथमिक उपचार दिवसको अवसरमा ५० जनाद्धारा रक्तदान

धादिङ,२६ भाद्र।
विश्व प्राथमिक उपचार दिवसको अवसरमा थाक्रे गाउँपालिका–८ धाक्रेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

आईतबार नेपाल रेडक्रस सोसाइटी,युवा रेडक्रस सर्कल ब्लुमिङ लोटस अंग्रेजी माध्यमिक विद्यालयको आयोजनामा विद्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा १० महिला र ४० पुरुष गरी ५० जनाले रक्तदान गरेको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ ।

No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्