लागूऔषध पोल्याण्ड सहित धादिङका सुनिल स्याङतान र मकवानपुरका किशोर पक्राउ

धादिङ,२७ भाद्र ।
भक्तपुर नगरपालिका–६ महालक्ष्मीबाट करिब १ किलोग्राम अवैध लागूऔषध पोल्याण्ड सहित २ जना पक्राउ परेका छन् । सोमबार बिहान जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२–०२० प ४८०३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पोल्याण्ड सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मोटरसाइकल चालक धादिङ गजुरी गाउँपालिका–८ घर भई काठमाडौं बालाजु बस्ने ३० वर्षीय सुनिल स्याङतान र मोटरसाइकलमा सवार मकवानपुर थाहा नगरपालिका–७ घर भई काठमाडौं नैकाप बस्ने १७ वर्षीय किशोर रहेका छन् । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्