मार्पाकको निरन्जना देवी मन्दिरको पुननिर्माण सम्पन्न

धादिङ,२८ भाद्र ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका–२ मार्पाकमा रहेको निरन्जना देवी मन्दिरको पुननिर्माण सम्पन्न भएको छ ।

विगत केही बर्षदेखी जिर्ण अबस्थामा रहेको उक्त मन्दिर गाउँपालिकाको अनुदान ८ लाख २९ हजार ४०६ र स्थानियको चन्दा सहयोग ६ लाख ४९ हजार गरि कुल १४ लाख ७८ हजार ४४० को लागतमा पुननिर्माण कार्य सम्पन्न भएको मार्पाकबाट निरन्जना मन्दिर निर्माण समितिका सचिव काजीराम अधिकारीले जानकारी दिनुभयो ।

पुननिर्माणसँगै पुजा गर्न जाँदा कुनै पनि बेला हुन सक्ने अकल्पनीय दुर्घटनाको भयबाट स्थानिय मुक्त भएको अधिकारीले बताउनुभयो । मार्पाकको पहिचानको रुपमा रहेको उक्त मन्दिरमा परापुर्वकालदेखि पुजाआाजा गरिदै आएको र त्यहाँ वर मागेपछि जस्तोसुकै मनोकांक्षा पनि पुरा हुने धार्मिक विश्वास रहेको मन्दिर निर्माण समितिका सचिव अधिकारीको भनाई छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्