आज पनि घट्यो सुनचाँदीको मूल्य

gold

काठमाडौँ,२९ भाद्र ।

नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ७ सय रुपैयाँले घटेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्