उपाधिका लागि भिड्दै काठमाडौं र धनगढी

काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज (शनिबार) प्रतिस्पर्धा हुँदैछ । 
आज हुने फाइनल खेलमा काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा गर्नेछन् । 

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साँझ ५ः३० बजे सुरु हुनेछ ।

पहिलो संस्करणको उपाधि दुबै टोलीका लागि महत्त्वपूर्ण हुनेछ । त्यसका लागि दुबै टोली सकारात्मक जागरका साथ मैदान उत्रने छन् । 

प्रतियोगिताको फाइनल अघि बोल्दै काठमाडौंका प्रशिक्षक बाल गोपाल महर्जनले फाइनल खेलमा आफूहरु बलियो भएर प्रस्तुत हुने बताए । 

उनले धनगढीलाई पराजित गर्दै घरेलु मैदानमा उपाधि हात पार्ने योजना रहेको उल्लेख गरे । लिग चरण र सेमिफाइनल (प्लेअफ) मा हार भएको हारको बदला लिने अवसर भएको उनले बताए  ।

दुवै टोली प्रतियोगितामा तेस्रो पटक भिड्न लागेका हुन् । यसअघि लिग चरण र पहिलो प्लेअफमा भिडेका दुई टोली फाइनलमा पनि भिड्ने पक्का भएको हो । दुबै भेटमा काठमाडौं धनगढीसँग पराजित भएको थियो ।

यता, धनगढीका प्रशिक्षक तोपे फुजाले आफूहरु उपाधिका लागि मैदान उत्रने बताए  । उनले अघिल्ला दुई खेलमा जित निकालेको हुनाले आफूहरुलाई थप सगज हुने भएको बताए  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्